
चितवन निर्वाचन कार्यालयले मंगलबार आगामी २० गते पुनः मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
साथै, निर्वाचनका लागि मंगलबारैदेखि मौनअवधि घोषणा गर्दै चुनाव प्रचार–प्रसारमा रोक लगाइएको छ ।
यसअघि, मंगलबारै बसेको सर्वदलीय बैठकमा साउन २० गते निर्वाचन गर्ने सहमति भएको थियो ।
दलहरुबीचको सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
स्थानीय तह निर्वाचनअन्तर्गत् वैशाख ३१ गते सम्पन्न निर्वाचनको मतगणनाकाक्रममा माओवादी केन्द्रकी भरतपुर महानगर प्रमुखका उम्मेदवार रेणु दाहालका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।
मतपत्र च्यातेको विवाद सर्वोच्च अदालतमा पुगेकोमा अदालतले पुनः मतदान गराउन आदेश दिएको थियो ।
३२ ओटा वडामध्ये ३० वडाको मतगणना सम्पन्न भइ १९ र २० को मतगणना बाँकी रहँदा माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए ।
मतपत्र च्यातिनुअघिसम्मको नतिजामा नेकपा एमालेका प्रमुखका उम्मेदवार देवी ज्ञवाली रेणु दाहालभन्दा ७८४ मतले अघि थिए ।
प्रतिक्रिया दिनुहोस्