१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


विद्युतीय मतदानः छलफलमै सीमित (भिडियो)


0
Shares

समयानुकूल विकास भएको विद्युतीय मतदान प्रविधि उपयोग गर्न निर्वाचन आयोगले अहिलेसम्म अग्रसरता देखाएको छैन ।

निर्वाचन आयोगले विगतको संविधानसभाको १२ ओटा क्षेत्रमा विद्युतीय मतदानको प्रभावकारिता हासिल गरेको बताएपनि यसपटक भने यो विषय छलफलमामात्रै सीमित भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

विद्युतीय मतदानबाट छिटो मतगणना र बदर नहुनु मुख्य विशेषता रहेको छ । दलहरुसँगको सहकार्यमा बृहद् मात्रामा मतदाता शिक्षा, तालिम र प्राविधिक जनशक्तिको उच्च विकास गर्न सकिएको खन्डमा आयोगले निर्णय गर्न समस्या नहुने शर्माले बताए ।

विगतमा छिटफुटरुपमा विद्युतीय मतदानलाई प्रयोग गरेको आयोगले यसप्रति मतदाता, उम्मेदवार सबैको विश्वसनीयता रहेको बताएको छ ।

भिडियो हेर्नुहोस्