यसदिन नेप्से साढे ७ अंकले बढेर १६ सय ६० विन्दुमा पुग्यो । सोमबार पनि नेप्से ९ अंकले बढेको थियो ।
यसदिन बिमा र होटलबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से सुधारिएको हो । यसदिन कारोबार पनि अर्ब नै नाघ्यो ।
१ सय ५८ कम्पनीको २१ लाख कित्ता सेयर १ अर्ब ४ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्