Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


बायर्न म्युनिखलाई हराउँदै लिभरपुल अउडी कप फुटबलको फाइनलमा


0
Shares

प्रि सिजनको मैत्रिपूर्ण प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा इङ्ल्यान्डको लिभरपुलले जर्मनीको बायर्न म्युनिखलाई ३÷० ले हरायो ।

खेलमा लिभरपुललाई विजयी गराउन ड्यानियल स्टरिज, सादियो माने र मोहोमद सलाहाले एक–एक गोल गरे ।

यो खेलमा घाईते भएपछि लिभरपुलका खेलाडी स्टरिजले प्रिमियर लिगको सुरुवाती खेल गुमाउने सम्भावना बढेको छ ।

लिरभपुलले अब अउडी कप फुटबलको उपाधिका लागि स्पेनको एथ्लेटिको मड्रिडसँग खेल खेल्नेछ ।