Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


इलाम जिल्लाभरमध्ये चौबीस हजार पर्यटक कन्याममा


0
Shares

यहाँ भित्रिने अधिकांश पर्यटकको रोजाइमा कन्याम पर्ने गरेको छ ।

मनोरम चिया बगान, हरियाली, शीतलतासँगै सुन्दरताले भरिपूर्ण कन्याममा पर्यटकको चाप बढेको कन्यामका स्थानीय बासिन्दा काजीमान कागते बताउँछन् ।

पर्यटन सूचना केन्द्र जोरकलशका गगन घिमिरेका अनुसार २९ हजार ८२९ महिला र ३६ हजार ४७० पुरुष गरी कुल ६६ हजार २९९ जनाले इलामको भ्रमण गरेका थिए ।

पर्यटकले पाथीभरा, पशुपतिनगर, इलाम सदरमुकाम, फिक्कल, श्रीअन्तु करफोक र माईपोखरीको भ्रमण गरेका थिए ।

इलाम हुँदै पर्यटक फिदिम ताप्लेजुङ र तेह्रथुमसम्म पुग्ने गरेका छन् ।

सत्र हजार १९२ जनाले पशुपतिनगरको, इलाम सदरमुकामको १७ हजार ५५६ जनाले, फिक्कलको चार हजार ३३२ जनाले तथा ७४४ जनाले अन्तु क्षेत्रको भ्रमण गरेका थिए ।

गत आवमा १५४ विदेशी पर्यटकले इलाम भ्रमण गरेका थिए । रासस