नेपाल व्यावसायिक पहल (एनबीआई)ले आयोजना गरेको दोस्रो जिम्मेवार सम्मेलनको बिहीबार राजधानीमा उद्घाटन गर्दै प्रधामन्त्री देउवाले पछिल्लो राजनीति एवं आर्थिक क्षेत्रमा उत्साह आइरहेको भन्दै व्यावसायिक वातावरण बनाउनसरकार प्रतिबद्ध रहेको बताए ।
उनले सबै समस्या एकै रातमा समाधान हुन नसक्ने भन्दै व्यवसायी पनि स्वःनियमनमा बस्न आवश्यक रहेको बताए ।
एनबीआईका अध्यक्ष पद्म ज्योतीले व्यावसायिक समुदायलाई जिम्मेवार बनाउने उद्देश्यले दुईदिने सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।
उनले सम्मेलनबाट आएको निष्कर्ष त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको पाठ्यक्रममा राख्ने सहमति भएको जानकारी पनि दिए ।
एनबीआईका उपाध्यक्ष कुशकुमार जोशीले समाज रुपान्तरणका लागि आफैंबाट नयाँ सुरुआत गर्नुपर्ने भन्दै व्यवसायीलाई जिम्मेवार बनाउन सम्मेलन गरिएको बताए ।
दुईदिने सम्मेलनमा स्वदेशी एवं विदेशीसहित करिब ४०० जना सहभागी छन् । सम्मेलनमा विभिन्न १६ ओटा विषयमा छलफल हुँदैछ ।









प्रतिक्रिया दिनुहोस्