फाइल फोटो
महोत्तरीको बर्दिवासस्थित नेपाली कांग्रेस पार्टी कार्यालयले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सधैं प्रदेश नम्बर–२ मा बढी सिट ल्याएर चुनाव जित्दै आएकाले यो प्रदेश भोट बैंककोरुपमा रहेको चर्चा गरेका हुन् ।
महामन्त्री कोइरालाले २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घातका कारण कांग्रेस पछि परेको आरोप लगाए ।
उनले सबै वर्ग, जाति र समुदायका साथै आन्दोलनरत् पक्षका संविधान संशोधनलगायतका माग कांग्रेसले नै पूरा गर्ने भएकाले यस प्रदेशमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो दललाई पूर्ण बहुमतका साथ जिताउन आग्रह गरे ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने १५० जनालाई स्वागत् गरिएको थियो । रासस





प्रतिक्रिया दिनुहोस्