Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


शनिबारदेखि थ्री बाई थ्री राष्ट्रिय बास्केटबल हुने


0
Shares

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा दुई दिनसम्म चल्ने प्रतियोगितामा ७५ भन्दा बढी टिमको सहभागिता रहने बताइएको छ ।

‘लिग कम नकआउट’का आधारमा हुने प्रतियोगितामा धरान, झापा, विराटनगर, काभ्रे र रुपन्देहीबाट समान २/२ टोलीले सहभागिता जनाउँदैछन् । १२ राष्ट्रिय खेलाडीले १२ टिमको प्रतिनिधित्व गर्नेछन् ।

प्रतियोगिताको पुरुषतर्फको विजेता टिमले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी, महिलातर्फको विजेता टिमले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।