अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बुधबार पनि तोलामा २ सयले ओरालो लागेर तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ६८ डलर हाराहारीमा कारोबार भएको थियो ।










प्रतिक्रिया दिनुहोस्