Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकमा शर्मा


0
Shares

                                                                              फाइल फोटो
सो दलको बिहीबार बसेको संसदीय बोर्डको बैठकले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।

संसदीय दलका नेता पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बोर्डको बैठकले शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।

संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेत सामान्य प्रशासनमन्त्री भएपछि माओवादी केन्द्रको रिक्त रहेको प्रमुख सचेतकको पदमा उनलाई जिम्मेवारी दिइएको हो ।

बैठकले संघीयता कार्यान्वयनसम्बन्धी व्यवस्थापिका–संसदका विभिन्न समितिमा रहेका विधेयकलाई अझ परिमार्जन गर्दै छिटोभन्दा छिटो संसदबाट पारित गराउन पार्टी र संसदीय दलका तर्फबाट विशेष पहल गर्ने निर्णय पनि गरेको सो पार्टीले जनाएको छ । रासस