२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


संसद सुचालु गराउन सभामुख महरा प्रतिपक्षी दलहरुसँग छलफलमा


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक शान्तिपूर्ण रुपमा सञ्चालन गर्नका लागि सभामुख कृष्णबहादुर महराले बैठकअघि छलफल शुरु गरेका छन् ।

अहिले संसद भवन नयाँ वानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपनेता विजयकुमार गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्तापक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकाल र उपसभामुख शिवमाया तुम्बाहाम्फेबीच बैठक चलिरहेको छ ।

बैठकपछि संसद शुरु हुने जनाइएको छ । आजको बैठकमा सरकारका तर्फबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि सोमबारर मंगलबारको बैठकमा सभामुख कृष्णबहादुरमहराले विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउन सकेका थिएनन्

मंगलबार तीन पटक बैठक राखिए पनि कांग्रेसको अवरोधका सरकारले विधेयक पेश गर्न सकेको थिएन ।

विधेयकका विषयमा सहमति खोज्न सभामुख महराले पहल जारी राखेका छन् । यहाँले नेकपा र नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेको भए पनि सहमति भने जुट्न सकेको छैन ।

संसदीय समितिबाट आएको विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा नेकपाका सांसद देखिएका छन् भने कांग्रेसका सांसद त्यसमा केही परिमार्जन गर्न माग गर्दै आएका छन् ।