
बृहत् निर्णायक मण्डलले राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा र रुसी कानुन व्यवसायीबीच सन् २०१६ को जुनमा भएको बैठकका सहभागीहरुलाई उपस्थित हुन आदेश जारी गरेको छ ।
बृहत् निर्णायक मण्डलले कुनै पनि काण्डका प्रमाण अपराधिक अभियोग लगाउन यथेष्ट छन् कि छैनन् भनेर खोजी गर्ने छ । तर यस्तो निर्णायक मण्डलले सम्भावित व्यक्ति दोषी या निर्दोष हो भन्नेबारे भने छुट्याउँदैन । यसले अभियोजनकर्तालाई कसैलाई बोलाउन, रिट हाल्न, दस्तावेज हात पार्न या बयान दिन बोलाउने अनुमति भने दिन्छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने हिलारी क्लिन्टनलाई हराउन रुससँग साँठगाँठ गरेको भन्ने आरोपलाई अस्वीकार गर्र्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्