Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मधेस–पहाडका जनता लडाएर एमालेको खुकुलो राष्ट्रवादको नारा : प्रधानमन्त्री


0
Shares

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमालेले मधेस र पहाडका जनतालाई एकआपसमा लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको आरोप लगाए ।

उनले संविधान संशोधन प्रस्ताव आफूले कुनैपनि हालतमा पारित गराएरै छाड्ने दाबी गरे ।

एमालेलाई मधेसी जनताले पहिचान गरिसकेकाले आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी सिट जित्ने उनको भनाइ थियो ।