
गत जुलाई १५ मा सिड्नी विमानस्थलबाट उड्न लागेको ‘इतिहाद एअरवेज’मा शंकास्पद लगेजभित्र सैन्य स्तरको विस्फोटक पदार्थ भेटिएपछि भाई पक्राउ परेका थिए ।
तर, अनुसन्धानको क्रममा लगेजभित्र उक्त विस्फोटक पदार्थवारे भाई अनभिज्ञ रहेको थाहा पाएपछि शंकास्पद रहेका उनका दाइलाई शुक्रबार (आज) पक्राउ गर्न सफल भएको ‘अष्ट्रेलियन फेडेरेल पुलिस’ (एएफपि)ले जनाएको छ ।
विमानस्थलमा उच्च सुरक्षा चेकजाँचलाई समेत झुक्याउन सकिने गरी ‘प्लान्टेड’ गरिएको उक्त विमान बम समातिएपछि आइएस समर्थित आतंककारीहरुको दुई महत्वपूर्ण योजना विफल पारेको प्रहरीले दाबी गरेको छ ।
अष्ट्रेलियाली प्रहरीले शनिबार सिड्नीका विभिन्न स्थानमा छापामारी थुप्रै शंकास्पद व्यक्तिहरु पक्राउ गरेको थियो ।
आतंककारीहरुले गर्न लागेका ठूला हमलाका योजना पूर्ण रुपमा विफल पारेको प्रहरीको दाबी छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्