Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


७६२ मेगावाटको तमोर जलशाययुक्त जलविद्युत् आयोजना अघि बढाउन माग


0
Shares

तमोर जलाशाययुक्त आयोजना संयुक्त सरोकार समितिले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा सहभागीहरुले ७६२ मेगावाट विद्युत् उत्पादन हुनसक्ने आयोजनालाई अघि बढाउन ढिलाइ गर्न नहुने बताए ।

तमोर आयोजनालाई असर पुग्नेगरी काबेली ‘ए’ र तल्लो हेवा आयोजनाको लाइसेन्स दिइएको भन्दै संघर्ष समितिले आपत्ति पनि जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले तमोर आयोजनाको क्षमता ७६२ मेगावाट कायम गर्न ऊर्जा मन्त्रालयमा आवेदन दिएपनि अहिलेसम्म त्यसको सुनुवाइ नभएको र २५० मेगावाटको लाइसेन्सको पनि म्याद सकिएको भन्दै उनीहरुले यस्तो अवस्थामा क्षमता वृद्धिको अनुमति नपाए अध्ययनको काम पनि अघि बढ्न नसक्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काबेली ‘ए’ र तल्लो हेवालाई लाइसेन्स दिएर गल्ती भइसकेको भन्दै अब त्यसलाई सच्याउनुपर्ने र तमोरका लागि लाइसेन्स दिनुपर्ने बताए ।

कार्यक्रममा सहभागी विद्युत् प्राधिकरणका सहसचिव मोहनरत्न शाक्यले ऊर्जा मन्त्रालयले लाइसेन्स दिएमा ८ वर्षमा आयोजना सम्पन्न गरिसक्ने बताए ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले ३२ वर्ष अघि तमोरको सर्वे सम्पन्न गरेको थियो ।

Skip This