६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


भेनेजुयलाका विपक्षी नेता जेलमुक्त, नजरबन्दमा राखिने


0
Shares

उनलाई तीन दिनसम्म कारागार राखेपछि घरमै नजरबन्दमा राख्नेगरी फिर्ता गरिएको उनकी श्रीमतीले जानकारी दिइन् ।

लेडेज्मा राजधानी काराकासका मेयर हुन् । उनलाई गत मंगलबार गिरफ्तार गरिएको थियो ।

लेडेज्मासँगै विपक्षी दलका अर्का नेता लेओपोल्डो लोपेजलाई पनि पक्राउ गरिएको थियो । सरकारी सुरक्षाकर्मीहरूले विरोध प्रदर्शनमा सहभागी अन्य नागरिकलाई पनि पक्राउ गरेका छन् । तर विपक्षीहरूले आन्दोलन गर्न छोडेका छैनन् ।

विपक्षीले राजधानी कराकासमा नयाँ संविधान लेखनको लागि भएको सरकारी तयारीको विरोधमा भीषण विरोध प्रदर्शनको तयारी गरेका छन् ।

संविधानको पुर्नलेखनका लागि भन्दै राष्ट्रपति निकोलास मुदुरोले गराएको संविधान सभाको निर्वाचनको विरोध गरेकाले उनीहरूलाई गिफ्तार गरिएको बताएका छन् ।

संविधानसभा निर्वाचनको वैद्यतामाथि नै विपक्षी र अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाएका बेला राष्ट्रपतिले संविधान पुनर्लेखनको शक्तिशाली निकाय पनि गठन गर्नु लागेका छन् । रासस/एएफपी