Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


सोलार प्लान्ट परियोजनाको ठेक्का कानुनसम्मत् : विश्व बैंक


0
Shares

बैंकले शुक्रबार विज्ञप्ति जारी गरी बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाट सोलार परियोजनाको टेन्डर विधिसम्मत् रहेको दाबी गरेको हो ।

प्राधिकरणले टेन्डर दिँदा अनिमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले रद्द गर्न निर्देशन दिएको थियो ।

यसमा विश्व बैंकले आफ्नो ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले लगाएको ठेक्का विश्व बैंक समूहका १८९ सदस्य मुलुकले पारित गरेको नीति र अभ्यासमा आधारित रहेको दाबी गरेको हो ।

बैंकका नेपालका लागि देशिय निर्देशक ताकुया कामातालाई उद्धृत गर्दै विज्ञप्तिमा ठेक्का नेपाल सरकारसँगको लगानी सम्झौताबमोजिम पनि सहि रहेको तर समितिको निर्देशनबारे औपचारिकरुपमा हालसम्म कुनै जानकारी नभएको जनाइएको छ ।