Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


चीनलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश


0
Shares

काठमाडौं । चीनलाई ३–० गोलअन्तरले पराजित गर्दै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यूएईको आबुधावीस्थित मोहम्मद विन जायद स्टेडियममा भएको खेलमा इरानको जितमा मेहदी तारेमी, सरदार अज्मउन र करिम अन्सारिफार्दले एक–एक गोल गरे । 

सेमिफाइनलमा इरानको भेट जापानसँग हुनेछ । यसअघि भियतनामलाई १–० ले हराउँदै जापान पनि सेमिफाइनलमा पुगिसकेको छ ।