१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


भरतपुर–१९ को मतगणना जारी, कसको मत कति ?


0
Shares

उनले ४१ ह्जार ५ सय ४३ मत प्राप्त गरेका छन् भने रेणु दाहालको मत ४१ हजार ३१ मत रहेको छ ।

१९ नम्वर वडाको १६ सय मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दहालले मतान्तर घटाउदै लगेकी छन् ।

उक्त वडामा शुक्रबार पुनः मतदान भएको थियो ।

वडा नं १९ को प्रारम्भिक मतपरिणाम अनुसार वडा अध्यक्षमा काँग्रेसको  ७९१ , एमालेले ६१४  मत ल्याएको छ ।

मतगणना कार्य अहिले भरतपुरस्थित कवर्डहलमा जारी छ ।

यस वडामा काँग्रेसको तर्फबाट अध्यक्षमा कर्णबहादुर गुरुङ, एमालेबाट प्रकाश तामाङ र माओवादी केन्द्रबाट खड्कबहादुर गुरुङले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस वडामा कुल ३ हजार ७ सय ९७ मत मध्ये शुक्रबार २ हजार ८ सय ७० मत खसेको थियो ।