
साइबेरियाको एक तलाउमा उनले माछा मारेको तस्वीर विभिन्न संचारमाध्यममा प्रकाशित भएका छन् । तस्वीरमा उनी अर्धनग्न अवस्थामा देखिएका छन् ।
केही तस्वीरमा उनले पौडी खेलेको र गोताखोरको पोशाक लगाएको देखिन्छ । केही तस्वीरमा भने उनले घाम तापिरहेको देख्न सकिन्छ ।
राजनीतिक विश्लेषकहरु पुटिनको यो शैलीलाई देशबासीका लागि उनले दिन चाहेको सकारात्मक सन्देशका रुपमा व्याख्या गर्दछन् । विश्लेषकहरुका अनुसार उनले आफू स्वस्थ्य, फुर्तिलो रहेको सन्देश दिन यस प्रकारको भूमिकामा आफूलाई उतारेका हुन् ।
यस अतिरिक्त उनले स्वदेशमा छुट्टी मनाउन र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागि पनि आफूलाई अलग रुपमा प्रस्तुत गरेको विश्लेषकहरुको ठहर छ ।
पछिल्लो समय अमेरिका र रुसबीच तनावको अवस्था छ । अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाएको छ भने रुसले आफ्नो मुलुकमा रहेका अमेरिकी कुटनीतिक कर्मचारीको संख्यामा भारी कटौतीको घोषणा गरेको छ ।
सिरिया युद्धको बारेमा पनि दुई मुलुक अलग–अलग दृष्टिकोणका साथ विपरीत दुई ध्रुवको नेतृत्व गर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्