
राष्ट्रपति ट्रम्पले गएको जुनमा गरेको निर्णय कार्यन्वयन गर्न लागिएको वासिङटनले राष्ट्रसंघलाई जानकारी दिएको हो ।
तर अमेरिकी विदेश मन्त्रालयले बहिर्गमन प्रकिया पुरा नहुन्जेलसम्म अमेरिका जलवायु परिवर्तन सम्बन्धी बैठकहरुमा सहभागी हुने बताएको छ ।
राष्ट्रपति ट्रम्पले प्यारिस सम्झौताले अमेरिकालाई खर्बौं डलरको नोक्सानी हुने, रोजगारी गुम्ने र देशभित्रका उर्जा तथा उत्पादनसम्बन्धी उद्योगहरुमा क्षति पुग्ने बताएका छन् ।
हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने लक्ष्य सहित २०० वटा देशले हस्ताक्षर गरेको प्यारिस सम्झौताले अमेरिकालाई घाटा पुर्याउने सन्देश राष्ट्रसंघलाई पठाइएको पत्रमा उल्लेख छ ।
सूचनामा ट्रम्प प्रशासनले प्यारिस सम्झौताबारे परिमार्जनका लागि वार्ताहरु गर्न आफू खुला रहेको जनाएको छ ।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले केही समय पहिले प्यारिस गएका ट्रम्पलाई जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा कायम रहन आफूले मनाएको विश्वास व्यक्त गरेका थिए ।
प्यारिस सम्झौता परिमार्जनबारे ट्रम्पले राखेका प्रस्ताव विश्व नेताहरुले अस्वीकार गरिसकेका छन ।
अमेरिकाले सन् २०१९ को नोभेम्बर अघि उक्त सम्झौताबाट औपचारिक रुपमा अलग हुने प्रकिया सुरु गर्न सक्नेछैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्