
दुई हजार मत गणना भइसक्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार ५ सय ३ मत ल्याएकी छिन् ।
रेणुले निरन्तर मतान्तर घटाउँदै लगेकी छिन् । अहिले उनी ज्ञवाली भन्दा २७१ मतले पछाडी छिन् । त्यस्तै उपमेयरमा नेपाली काँग्रेसकी पार्वती शाहीले अग्रता लिइरहकी छन् ।
यस्तै उपमेयरमा शाहले ४५ हजार ३ सय ९८ मत र दिव्य शर्मा आचार्यले ३८ हजार ४ सय ३४ मत प्राप्त गरेकी छन्
शुक्रबार पुनः मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ ।
वडा नम्बर १९ मा कुल ३ हजार ७ सय ९७ मत रहेकोमा २८७० अर्थात ७५ दशमलव ५८ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यसअघि यस वडामा २ हजार ८ सय ९७ मत खसेको थियो ।
गत जेठ १४ गते मध्यरातमा भरतपुर १९ को मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मत पत्र च्यातेपछि विवाद सुरु भएको थियो ।
निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको भोलीपल्टै एमालेका प्रतिनिधिले सर्वोच्चमा रिट दायर गरेपछि भरतपुर प्रकरण लम्बिएको थियो ।
राजनीतिक दलहरुबीच सहमति जुटाएर मत गणना अघि बढाइने छ । ३२ वटा वडा मध्ये २० नम्बर वडाको पनि मत गणना बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्