Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


मादी नदीमा जलविहार गर्ने पर्यटकको घुईंचो


0
Shares

दमौली स्थित मादी नदीमा जलविहार गर्ने पर्यटक ठूलो संख्यामा आउने गरेका छन् ।

विशेष गरेर चैत, वैशाख जलविहार गर्ने समय भए पनि असार/साउनमा समेत पर्यटकहरु मादीमा जलविहार गर्न पुग्ने गरेका छन् ।

दमौली चाईनापुल मुनीबाट र्‍याफ्टिङ सुरु गरेर तनहुँ र चितवनको सिमनामा रहेको गाईघाटमा पुगेपछि जलयात्रा टुंगिने गरेको छ ।

जल विहारका लागि मादीलाई सुरक्षित नदीका रुपमा लिने गरिन्छ । पर्यटकको पहलपहल बढेपछि तनहुँका व्यापारि लाभान्वित भएका छन् ।