काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजसेवी डम्बर खड्काले युवाहरुमा भएको खेल प्रतिभालाई सदैव प्रोत्साहन र सहयोग गरिरहने प्रतिबद्धता जनाएका छन् ।
इलाम नगरापालिका– ४ मा भित्ते युथ क्लबको आयोजनामा माघ १० गतेबाट सुरु भएको सुरु भएको तेस्रो संसकरण फुटबल खेलको उदघाटन गर्दै खड्काले उक्त प्रतिबद्धता जनाएका हुन ।
खेल उद्घाटन समारोहका प्रमुख अतिथी खडकाले युवाहरुमा भएको खेल प्रतिभाको बिकासका लागि आफुले सदैव सहयोग गर्दै आएको बताए । उनले भने, ‘मोफसलमा खेल्ने खेलाडी नै भोली देशका कर्णधार खेलाडी हुने र खेलले हामीबीचको आपसी मतभेदलार्इ चिर्दै समाजमा एकताको सन्देश दिन्छ ।’
क्लब अध्यक्ष राजु रार्इको अध्यक्षतामा भएको कार्यक्रममा खडकाले खेल आयोजकको माग बमोजिम खेल मैदान स्तर उन्नती गर्न र खेल आयोजना सफल पार्न रु ४१००० अक्षरेपी रु एक्चालिसहजार आयोजक समितिका अध्यक्ष राईलाई हस्तान्तर गरे ।
इलाम नगरपालिका र सन्दकपुर गाउपालिकाको सिमानामा पर्ने उक्त स्थानलाइ इलाम नपाको दुर्गम भएको बताउँदै अध्यक्ष राइले सहयोगी हातहरुलाई धन्यवाद प्रकट गरे
कार्यक्रममा वडा सदस्य ज्ञानेन्द्र निरौला, स्थानीइ अग्रज मन ब राई, बिष्णु दुलाल र नेबिसंघ क्षेत्र नं १ का क्षेत्रीय सभापति ध्रुव राईले खेल सफलताको कामनासहित मन्तब्य राखे ।
प्रतियोगितामा प्रथम हुने टीमलाई एकचालिस हजार प्रथम पुरस्कार नगद तथा ट्रफी, प्रमाणपत्र, दोस्रो हुने टीमलाई रु एक्काइस हजार नगद ट्रफी, प्रमाणपत्र साथै उत्कृट खेलाडी पुरस्कमार प्रदान गरिने आयोजक समितिका मन ब राइले बताए ।








प्रतिक्रिया दिनुहोस्