Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


पर्वतारोहण संघको निर्वाचनः कसको पल्ला भारी ?


0
Shares

अध्यक्षसहित १५ सदस्यीय कार्यसमिति सदस्य चयनका लागि मतदान भएको हो ।

नेपालको पर्वतीय पर्यटनमामात्र नभइ मुलुकको आर्थिक क्षेत्रमासमेत महत्पूर्ण भूमिका निर्वाह गर्ने यो निर्वाचनलाई पर्यटन क्षेत्रमा विशेष महत्वका साथ हेरिएको छ ।

आगामी दुई वर्षको कार्यकालका लागि भएको निर्वाचनमा जिम्बाजाम्बू शेर्पा र सन्तवीर लामा समूहबीच प्रतिस्पर्धा छ ।

शेर्पालाई नेपाली कांग्रेसनिकट र लामालाई नेकपा एमाले निकट पर्यटन व्यवसायीको समर्थन छ ।

शेर्पा समूहबाट प्रथम उपाध्यक्षमा भूमिलाल लामा, द्वितीय उपाध्यक्षमा नीमी शेर्पा र महासचिवमा कुलबहादुर गुरुङ र लामा समूहका तर्फबाट प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह, द्वितीय उपाध्यक्षमा माया शेर्पा र महासचिवमा बोधराज भण्डारी प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा १ हजार ५२ जना मतदाता सहभागी थिए । मतपरिणाम आइतबारसम्ममा आउने जनाइएको छ ।