१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


सत्ताधारीहरु अधिनायकवादतिर, कांग्रेससँग रोक्ने तागत हुनुपर्छ : सिटौला


0
Shares

काठमाडौं, असार १८ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्ताधारीहरु अधिनायकवादतिर अघि बढिरहेको भन्दै त्यसलाई रोक्ने तागत कांग्रेससँग हुनुपर्ने बताएका छन् ।

स्व. गिरिजाप्रसाद कोइरालाको ९४औं जन्मजयन्तीको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले कांग्रेसले सरकारमा रहेकाहरुलाई लोकतन्त्रको दायरामा राख्न सक्नुपर्ने बताए ।

सिटौलाले कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो स्वार्थभन्दा माथि उठेर पार्टीभित्रै एकता खोज्नुपर्ने सुझाव पनि दिए ।

कार्यक्रममा कांग्रेस सांसद भीमसेनदास प्रधानले कांग्रेसमा ‘भिजन’ भएको र पार्टीले गरेका कार्यहरु जनतालाई बुझाउनसक्ने क्षमता भएको नेतृत्वको आवश्यकता रहेको बताए ।