कास्कीका वर्षको उत्कृष्ट पुरुष खेलाडीबाट लनटेनिसका कुमार अधिकारी र उत्कृष्ट महिला खेलाडीबाट भलिबलकी अरुणा शाही पुरस्कृत भएका छन् । उनीहरुले जनही २५ हजार रुपैयाँ नगद र एकथान सामसुङ मोबाइल पाएका छन् ।
यस्तै, वर्षको उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा, उत्कृष्ट नवप्रतिभा खेलाडीमा भलिबलकी ममता डगौरा, उत्कृष्ट खेल संघमा कास्की जिल्ला लनटेनिस संघलाई सम्मान गरिएको छ । विजेताले जनही १० हजार, ट्रफी र सम्मानपत्र पाएका छन् ।
पोखरा स्पोर्टस् अवार्डअन्तर्गत् लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्वफुटबलर एवं एथलेटिक्स खेलाडी खड्गबहादुर रानाभाट सम्मानित भएका छन् ।
पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले रानाभाटलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्