१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


भरतपुर महानगरको प्रमुखमा माओवादीकी रेणु दाहाल २०३ मतअन्तरले विजयी


0
Shares

शनिबार राति घोषित मतपरिणामअनुसार प्रमुखमा विजयी दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका छन् ।

माओवादीकी दाहालले एमालेका ज्ञवालीलाई २०३ मतअन्तरले पराजित गरेकी हुन् ।

यस्तै, भरतपुर महानगरको उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्मा आचार्य आचार्यले ३९ हजार ५२५ मत पाएकी छन् ।

भरतपुरमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो भने एमाले एकलरुपमा चुनावी मैदानमा उत्रिएको थियो ।

पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् भरतपुर महानगरमा गत वैशाख ३१ गते मतदान सम्पन्न भएको थियो ।

भरतपुरमा २९ ओटा वडा रहेकोमा वडा नम्बर–१९ मा मतगणनाकाक्रममा मतपत्र च्यातेपछि शुक्रबार पुनः मतदान भएको थियो ।