-धुव्र भट्टराई/ईमेज
सरकारले मोरङ र सुनसरीमा साल्ट ट्रेडिङको स्वामित्वमा रहेको ३ सय ११ बिघा जमिन खरिदका लागि आवश्यक रकम निकासा नगर्दा सेजको स्थापना गर्ने काम अघि बढ्न नसकेको हो ।
विशेष आर्थिक क्षेत्र विकास समितिकाले तिन वर्ष अघि मोरङ र सुनसरीमा पर्ने साल्ट ट्रेडिङको स्वामित्वको ३ सय ११ बिघा जमिन सम्भाव्यता अध्ययन गरेको थियो ।
सम्भाव्यता अध्ययन गरिएको पाँच वर्ष वितिसक्दा पनि विराटनगरमा सेज स्थापनाको सपना अझै साकार हुन सकेको छैन ।
विराटनगरका उद्योगी व्यवसायीले विगत लामो समयदेखि सेज स्थापनाका लागि माग गर्दै आएका छन ।
यद्यपी, सेज स्थापनाको प्रकृया भने अहिलेसम्म अगाडी नवढ्दा उद्योगी व्यवसायीसमेत निरास वन्न थालेको मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा बताउँछन् ।
सरकारले विराटनगरमा सेज स्थापना गर्ने भन्दै प्रत्येक वर्ष वजेट भाषणमा सम्वोधन गर्दै आएको छ । तर पनि सेजको स्थापनाको प्रकृया भने अर्थ मन्त्रालयमा गएर रोकिएको छ ।
उद्योग मन्त्रालयले सेज स्थापनाका लागि आवश्यक साल्ट ट्रेडिङको स्वामित्वमा रहेको जमिन खरिदका ८१ करोड रुपैयाँका निकासाका लागि अर्थ मन्त्रालयको बजेट महाशाखामा फाइल पठाए पनि अर्थ मन्त्रालयबाट कुनै निर्णय नहुँदा सेजको प्रकृया अगाडी वढ्न नसकेको हो ।
उद्योगी व्यवसायीका अनुसार उद्योग मन्त्रालयबाट सेज स्थापनाका लागि आवश्यक जमिन खरिदका लागि रकम निकासा गर्न पठाएको फाइल दुई वर्षदेखि अर्थ मन्त्रालयमा अड्किएको छ ।
सेज स्थापनाको प्रकृयालाई सोझै मन्त्रीपरिसदबाट पास गर्न नसक्दा विराटनगरको सेजको स्थापनाको प्रकृया अगाडी वढ्न नसकेको उद्योगी व्यवसायीको भनाइ छ ।
उद्योग मन्त्रालयले सिधै सेजको जमिन हस्तान्तरणका लागि मन्त्री परिषदबाट निर्णय गरेको खण्डमा सेज स्थापनाको प्रकृया चाडैं टुंगिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनास वोहोरा बताउँछन् ।
विराटनगरले विगत लामो समयदेखि औद्योगिक नगरीको आफ्नै छुट्टै पहिचान समेत वोकेको छ । तथापी औद्योगिक नगरीका रुपमा चिनिने विराटनगरको साखलाई जोगाउने विषयसँग जोडिएको सेज स्थापनाका लागि सरकारले पनि खासै चासो दिएको देखिन्न ।
विराटनगरको साख औद्योगिक नगरी भएकाले विराटनगरमा चाडोभन्दा चाडो सेज स्थापनाको प्रकृयालाई कार्यान्वयमा ल्याउन सरकारसंग पहल गर्ने विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली बताउँछन् ।
करिब २२ वर्षदेखि विराटनगरमा विशेष आर्थिक क्षेत्रको स्थापनाको लागि निजि क्षेत्रले पहल गर्दै आएको छ । विराटनगरमा सरकारले पनि सेज स्थापना गर्नै भनि घोषण समेत गरिसकेको छ ।
विराटनगरमा सेज स्थापना भएको खण्डमा मुलुकको व्यपार घाटालाई समेत काम गर्न यसले मद्धत पुग्ने त अवश्य नै छ, त्यसमा पनि निजी क्षेत्रले समेत ठुला उद्योग प्रतिष्ठान सञ्चालन गर्नका लागि विषेश सेवा सुविधा उपभोग गर्न पाउने छन् ।









प्रतिक्रिया दिनुहोस्