भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ६ अर्ब रुपैयाँको लागतमा मोटरबाटो निर्माण गर्न लागिएको हो ।
सुनसरीको चतरादेखि धरानको मूलघाटसम्म २ अर्ब रुपैयाँ, मूलघाटदेखि माझीटारसम्म ३ अर्ब रुपैयाँ र माझीटारदेखि गणेश चोकसम्मको करिडोर निर्माण गर्न १ अर्ब रुपैयाँ विनियोजन गरिएको हो ।
चतरादेखि मूलघाटसम्म नयाँ ट्रयाक खोलिने, मूलघाटदेखि माझीटारसम्म र माझीटारदेखि गणेश चोकसम्म सडक चौडा बनाइने, नाली कटिङ र वाल निर्माणलगायतका काम गरिने पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले जानकारी दिए ।
मोटरबाटो निर्माण गर्न एक हप्ताभित्रै टेन्डर आह्वान गरिने र यसै आर्थिक वर्षभित्र काम सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्