Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


श्रीलंकाविरुद्धको टेस्ट क्रिकेट शृंखला भारतद्वारा कब्जा


0
Shares

श्रीलंकाको कोलम्बोमा भएको दोस्रो टेष्ट क्रिकेटको चौथो दिन आइतबार पाहुना टोली भारत एक ईनिङ र ५३ रनको विशाल अन्तरले विजयी भएको हो । खेलको पहिलो ईनिङमै ४ सय ३९ रनले पछि परेको श्रीलंकाले दोस्रो ईनिङमा ३ सय ८६ रन बनाएपछि घरेलु टोली एक ईनिङ र ५३ रनले पराजित भएको हो ।

श्रीलंकालाई पराजित गर्न भारतका रविन्द्र जडेजाले दोस्रो ईनिङमा ५ विकेट लिए । पहिलो ईनीङमा २ विकेट लिएर ब्याटिङतर्फ अविजित ७० रन जोडेका जडेजा खेलको म्यान अफ द म्याच घोषित भए ।

यसअघि पहिलो ईनिङमा भारतले ९ विकेटको क्षतिमा ६ सय २२ रन बनाँउदै ईनिङ समाप्तिको घोषणा गरेको थियो । भारतका लागि चेतेश्वर पुजाराले १ सय ३३ रन तथा अजिन्क्या रहानेले १ सय ३२ रन जोडेका थिए ।

भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम टेष्ट म्याच यही बिहीबारदेखि पाल्लीकेलेमा हुनेछ । यसअघि गालेमा भएको पहिलो टेष्टमा पनि भारत ३ सय ४ रनले विजयी भएको थियो ।