Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


पाकिस्तानविरुद्धको प्रथम नेत्रहीन महिला क्रिकेट शृंखलामा नेपालको लक्ष्य ‘क्लिन स्वीप’


0
Shares

काठमाडौं, माघ १० । पाकिस्तानविरुद्धको प्रथम नेत्रहीन महिला क्रिकेट शृंखलामा नेपालले ‘क्लिन स्वीप’ गर्ने लक्ष्य लिएको छ ।

टोलीलाई बिदाइ गर्न बिहीबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले घरेलु टोलीविरुद्धको पाँच ट्वेन्टी–२० शृंखलामा क्लिन स्वीप गर्ने दाबी गरे ।

यही माघ १३ गतेदेखि हुन लागेको प्रतियोगितामा शतप्रतिशत प्रदर्शन हुने भन्दै प्रशिक्षक प्रजुले यसअघिका संस्करणमाभन्दा अहिले बढी समय खेलाडीले प्रशिक्षण गर्न पाएको बताए ।

यसअघि, नेपालले इंग्ल्यान्डविरुद्धको शृंखलामाथि क्लिन स्वीप गरेको थियो ।

नेपाली टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिना, दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे र साहस स्पोर्ट्सका प्रबन्ध निर्देशक जनक न्यौपानेलगायतले बिदाइ गरे ।

टोली शनिबार पाकिस्तान जानेछ ।

नेपाली टोलीको कप्तानी भगवती बरालले गर्नेछिन् ।