राजपाको केन्द्रीय समितिको यो बैठकलाई महत्वका साथ हेरिएको छ । यही बैठकले आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा भाग लिने कि नलिने भन्ने टुंगो लगाउने छ । राजपामा चुनावमा जाने कि नजाने भन्ने विषयमा विवाद बढ्दो छ ।
एक पक्ष संविधान संशोधन विधेयक पारित नभई चुनावमा जान नहुने पक्षमा छ भने अर्को पक्ष संशोधन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेर चुनावमा जानुपर्ने पक्षमा छ ।
चुनावमा भाग लिने वा नलिने जारी बैठकले टुङ्गो लगाउने भन्दै पार्टी महामन्त्री जितेन्द्र सोनल आफ्ना माग पुरा नभएसम्म यथास्थितिमा चुनावमा भाग लिन नसकिने बताउँछन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्