कम्पनीले आईतबार राजधानीमा पत्रकार सम्मेलन गरि रेनिगेड कमाण्डो ३०० र रेनिगेड स्र्पोर्ट एस ३०० बाईक बजारमा बिक्री सुरु गरेको जनाएको हो ।
यूएम भारतमा निर्मित अमेरिकी प्रविधिको बाईक हो । यूएम बाईक विश्वस्तरीय पहिचान र प्रमाणित प्रविधिको बाईक रहेको आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रकाश ढकालले दावी गरे ।
बाईक एशिया प्यासिफिक बजारलाई लक्षित गरि ल्याइएको जनाइएको छ । रेनिगेड कमाण्डो ३०० को बजार मूल्य ४ लाख ९२ हजार र रेनिगेड स्र्पोर्ट एस ३०० को ४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्