Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


‘पुनर्निर्माणको काम सुस्त हुँदा प्रतिबद्धता रकम आएन’


0
Shares

तत्कालिन सरकारले पुनर्निर्माणका लागि रकम जुटाउन आयोजना गरेको अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता दातृ राष्ट्र एवं निकायले गरेका थिए । तर, सम्मेलन भएको लामो अवधिसम्म पनि पुनर्निर्माणको गति सुस्त हुँदा सहयोग रकम न्यूनमात्रै आएको हो ।

अर्थ मन्त्रालय वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्यालले ४ खर्ब १० अर्बको सहयोग प्रतिबद्धतामध्ये हालसम्म ३ खर्ब ४४ अर्ब प्रतिबद्धतामा हस्ताक्षर भएको बताए । तर, रकम भने त्यसमा पनि ज्यादै न्यूनमात्र प्राप्त भएको छ ।

निजी आवास पुनर्निर्माणका लागि विश्व बैंक, एशियाली विकास बैंक एवं जापान सहयोग नियोगबाट केही रकम आएको उनले जानकारी दिए ।

जति छिटो पुनर्निर्माणले गति लिन्छ, त्यति नै छिटो सहयोग रकम प्राप्त हुने हुँदा पुनर्निर्माणलाई तीब्रता दिनुपर्ने उनले उल्लेख गरे ।