७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


भेनेजुएलामा आक्रमण गर्ने ४१औं ब्रिगेडका सैनिक, ‘सैनिक ‘कू’ नभई प्रजातान्त्रिक आन्दोलन’


0
Shares

सामाजिक सन्जालमा देखिएको आक्रमणको दृष्यहरुमा सेनाको पोशाक लगाएको ब्यक्तिहरुको समूहले प्रजातन्त्र बहालीका लागि आन्दोलन सुरु गर्न लागेको बताउँदै आफुहरु सेनाको ४१औं ब्रिगेड भएको उल्लेख गरेका हुन् ।

२० जना आतंककारीद्वारा आइतबार गरिएको उक्त आक्रमण दुईजना आतंककारी मारिएका सातजना पक्राउ परेका छन् भने बाँकी १० जना फरार भएका छन् । फरार १० जना आक्रमणकारीको खोजीकार्य तीब्र पारिएको भेनेजुएलाका सरकारी टेलिभिजनले उल्लेख गरेको छ ।

उक्त दृष्यहरुमा उनीहरुले यस आक्रमण सैनिक ‘कू’ नभई संवैधानिक व्यवस्था फर्काउनका निम्ति सैनिक र नागरिकद्वारा चालिएको अभियान भएको बताएका छन् ।
उक्त आक्रमणलाई सैनिकहरुले विफल पारिदिएपछि राष्ट्रपती मादुरोले सरकारी टेलिभिजनलमार्फत सेनालाई धन्यवाद दिएका छन् ।

भेनेजुएलामा आक्रमण गर्ने आक्रमणकारीहरु

सत्तारुढ युनाइटेड सोसियालिस्ट पार्टीका नेता डिओसडाडा सावेलाले ट्वीटरमार्फत यस घटनालाई ‘आतंकवादी हमला’ भनेका छन् । उनले भने,‘घटनालगत्तै सैयौँ ब्यक्तिलाई गिरफ्तार गरिएको र घटनास्थल पूर्ण नियन्त्रणमा आइसकोको छ ।’

अहिले घटनास्थलमा थप सेना परिचालन गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)