Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


‘पुनः मतदानको परिणाम अस्वाभाविक’, ज्ञवालीले भने–‘षड्यन्त्रपूर्वक हराइयो’


0
Shares

सोमबार भरतपुरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी एमालेले महानगरको वडा नम्बर–१९ को पछिल्लो मतपरिणामलाई स्वाभाविक मान्न नसकिने जनाएको छ ।

एमालेले षड्यन्त्रपूर्वक पुनः निर्वाचनको नाटक मञ्चन गरी लोकतान्त्रिक प्रक्रियामाथि प्रहार गर्ने र खिल्ली उडाउने काम गरिएको आरोप लगाएको छ ।

एमाले भरतपुरका अध्यक्ष कृष्णभक्त पोखरेलले गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनको मतगणना जारी राखेको भए एमालेको जित सुनिश्चित हुने देखेर योजनाबद्ध ढंगले राज्यसत्ताको दुरुपयोग गरी माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा एमालेका तर्फबाट भरतपुर महानगर प्रमुखका उम्मेदवार देवी ज्ञवालीले आफूले जिते पनि षड्यन्त्रपूर्वक हराइएको दाबी गरे ।

यसैबीच, भरतपुरका विभिन्न वडामा निर्वाचित एमाले प्रतिनिधिहरुले सोमबार शपथ लिएका छन् । भरतपुर महानगरका २९ ओटा वडामध्ये एमालेले १४ ओटामा वडाध्यक्ष जितेको छ ।

तर, सोमबार भने १२ जना वडाध्यक्ष र ५६ जना सदस्यहरुले शपथ लिएका हुन् ।

वडा नम्बर–४ र ७ बाट निर्वाचित वडाध्यक्षहरुविरुद्ध कांग्रेसका पराजित उम्मेदवारहरुले उच्च अदालतमा मुद्दा हालेकाले उनीहरुको शपथ हुन नसकेको हो ।