२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


अछाममा चट्याङ लागेर एउटै टोलका १८ जना घाइते, ७ को अवस्था गम्भीर


0
Shares

कल्पना बोहरा (इमेज)

अछाम, माघ १० । अछामको पञ्चदेवल विनायक नगरपालिका–७ मा चट्याङ लागेर १८ जना घाइते भएका छन् ।

बुधबार बेलुका परेको चट्याङ लागेर एउटै टोलका १८ जना घाइते भएका हुन् ।

चट्याङ लागेकामध्ये ७ जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुलाई थप उपचारका लागि जिल्लाबाहिर लैजाने तयारी भइरहेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

चट्याङ लागेर दुइओटा गाई पनि मरेका छन् ।