Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


अमेरिका बाहेक अन्य मुलुक विरुद्ध आणविक हतियार प्रयोग हुँदैनः उत्तर कोरिया


0
Shares

दक्षिणपूर्वी एसियाली मुलुकहरूको क्षेत्रीय भेलामा सहभागी हुन फिलिपिन्स रहेका उत्तर कोरियाली विदेशमन्त्री रि होङ योले सोमबार उत्तर कोरिया एउटा ‘जिम्मेवार आणविक र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीविएम)’ ले सुसज्जित मुलुक भएको दावी गरे ।

“अमेरिकासँग कुनै मुलुकले उत्तर कोरिया विरुद्ध मिलेर हतियार नचलाउँदासम्म आफ्नो आणविक हतियार अमेरिकाबाहेक अन्य मुलुक विरुद्ध प्रयोग गर्ने हाम्रो मनसाय छैन,” रि ले क्षेत्रीय भेलास्थल फिलिपिन्सबाटै एक विज्ञप्ति जारी गरी बताए ।

अमेरिकाले कोरियाली प्रायद्धीपको विवादलाई संयुक्त राष्ट्रसङघको ‘दुरुपयोग’ गरी उत्तर कोरियाली आणविक हतियार ‘विश्वलाई खतरा’ भएको भनी अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरिरहेको भन्दै अमेरिकाको कडा आलोचना गरे ।

विदेशमन्त्री रिले कोरियाली प्रायद्धीपको आणविक बिषयलाई सिर्जना गर्ने र अहिलेको अवस्थामा ल्याउने काम अमेरिकाको नै भएको बताए । रासस÷ सिन्ह्वा