उतार–चढावबीच बजार परिसूचक नेप्से करिब ३ अंकले उकालो लागेर १६ सय ६७ दशमलव नौ चार कायम भएर थामियो ।
कारोबार भएकामध्ये बढीजसो समूह हरियो रहे । होटल, वित्त, अन्य, विकास बैंक र बिमा समूह उकालो लागे । होटल, वित्त र अन्य समूह दोहोरो अंकले बढे ।
जलविद्युत्, उत्पादनमूलक र वाणिज्य बैंक समूह भने ऋणात्मक रहे । जलविद्युत् समूह दोहोरो अंकले झरे पनि उत्पादनमूलक र वाणिज्य बैंक समूह सामान्य अंकले रातो रहेको हो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५९ कम्पनीको ४० लाख कित्ता बराबर सेयर ९५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्