०७३ माघदेखि आस्वा प्रणालीमा सहभागी भइ आफ्नो सम्पूर्ण शाखाहरुबाट आस्वा सेवामार्फत् सेयर आवेदन लिने गरेकोमा बैंकले २०औं वार्षिकोत्सवको अवसरमा यो सेवा अझ मितव्ययी एवं सहजरुपमा प्रदान गर्नका लागि अनलाइन आस्वा सेवा सुरु गरेको जानकारी गराएको हो ।
ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी बिनाकुनै शुल्क सहजरुपमा बैंकमा उपस्थित नभइ नै अनलाइन आस्वा सेवामार्फत् आइपीओ, एफपीओ तथा म्युचरल फन्डमा आवेदन दिनसक्ने बैंकले जनाएको छ ।
साथै, बैंकले सन्चालनमा ल्याएको कुनैपनि बचत खाता खोली सुरुमा निःशुल्क मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवा प्राप्त गर्नसक्ने पनि बैंकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्