Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


नेपालमा चीन र भारतको लगानीलेमात्र पुग्दैन, ऊर्जामा ढुक्क भएर लगानी गर्नोस् : मन्त्री शाही


0
Shares

कोरियन राजदूत पार्क योङ्सिकसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री शाहीले नेपालमा चीन र भारतको लगानीलेमात्र नपुग्ने भन्दै अरु मुलुकको वैदेशिक सहायता आवश्यकता पर्ने स्पस्ट पारे ।

अरु मुलुकको वैदेशिक लगानी भित्र्याउन केही जटिलता रहेकाले नीतिगतरुपमा सहज हुने गरी नीति बनाउन आफ्नो कार्यकालमा पहल गर्ने ऊर्जामन्त्री शाहीको वचन थियो ।

नेपालमा विशेषगरी ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै उनले नेपालमा अब स्थीर राजनीतिको वातावरण बनिसकेकाले विकास निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएको जनाइएको छ ।

भेटमा कोरियन राजदूत योङ्सिकले अपर त्रिशुली–१ को पीपीए अगाडि बढाइदिन आग्रह गरेका थिए ।

उनले भारत र चीनले नेपालमा सहायता गर्न जति सजिलो छ, त्यस्तो वातावरण अरु मुलुकलाई नभएको बताउँदै आफ्नो देशले नेपालमा लगानी गर्न चाहेकाले सहज तरिकाले लगानी गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री शाहीको ध्यानाकर्षण गरेका थिए ।

राजदूत योङसिकले कोरिया नेपालको ऊर्जा, कृषि, विकास निर्माणलगायतका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको प्रस्ट्याएका थिए ।