२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


कावा प्रधानमन्त्री पोखरेल भन्छनः दलहरुको एकताले मात्र सहिदको सपना पुरा हुन्छ


0
Shares

काठमाडौं । सहिद सप्ताहको अवसरमा आज टेकुस्थित शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा उनको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शालिक अनावरण गर्दै राजनीतिक दलहरुको एकताबाट मात्र सहिदले देखेको सपना पुरा हुने भन्दै सहिदहरुले देखाएको त्यागको आदर्शलाई प्रेरणाका रुपमा लिनुपर्ने बताए ।

उनले सरकार समृद्ध र सुखी नेपालीको नारा अनुसार विभिन्न योजनाका साथ अगाडि बढिरहेको जिकिर गरे ।

सहिद सप्ताहकै अवसरमा पुल्चोकमा रहेको सहिद शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पणसहित सहिदको सम्झनामा कविता वाचनगरिएको छ ।