Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


एसएसबीद्वारा नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँचमा कडाइ, आयात–निर्यात प्रभावित


0
Shares

नेपालकै दोस्रो ठूलो भन्सार नाका बेलहियामा भारतीय एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने यात्री, मालबाहक गाडी र सवारी–साधनलाई चेकजाँच गर्ने थालेपछि नाकाबाट आवत–जावत चौपट बनेको छ ।

नेपाली पक्षको आग्रहलाई उनीहरुले सुनेको–नसुन्यै गर्ने गरेका छन् ।

भारतीय पक्षको रवैयाले औद्योगिक कच्चापदार्थ तथा व्यापारिक सामानसमेत अलपत्र अवस्थामा रहेका छन् ।

नेपालबाट भारततिर हिँडेका गाडीलाई सीमा पार गर्न दुई दिन लाग्ने गरेको छ ।

नेपालतर्फ करिब ३/४ किलोमिटर गाडीको लाइन हुन थालेको छ ।