
चिनियाँ वायुसेना र नौसेनाको टोली संयुक्त युद्धअभ्यासमा सहभागी थिए । चिनियाँ रक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित विवरणअनुसार ‘यल्लो सी’ र बोहाई खाडीमा युद्धअभ्यास गरिएको हो । युद्धअभ्यासका क्रममा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दृष्य केही टेलिभिजनले प्रशारण गरेका थिए ।
युद्धअभ्यासमा नौसेनाको दर्जनौं पोत र वायुसेनाका १० भन्दा बढी लडाकु विमान सामेल थिए । रक्षा मन्त्रालयका अनुसार आफ्नो हतियारको परीक्षण र तटीय हमला र हवाई लक्ष्यमा अचुक निशानाका लागि सैन्य क्षमता विकास गर्ने उद्देश्यले युद्धअभ्यास गरिएको हो ।
चीनले आफ्नो समुद्री क्षेत्र दाबी गर्दै आएको दक्षिण चीन सागरमा पछिल्लो समय अमेरिका लगायतले हस्तक्षेप गर्दै आएका छन् । केही अघि अमेरिकी युद्धपोत दक्षिण चीन सागर क्षेत्रमा पुगेको थियो ।
त्यस्तै भारतसँग दोकलाममा सैन्य तनाव कायम छ । भुटान र चीनबीचको सीमा क्षेत्रमा भारतीय सेना र चिनियाँ सेना आमने–सामने अवस्थामा छन् । सो क्षेत्रमा भारतीय सेनाको उपस्थितिलाई चीनले कडा आपत्ति जनाउँदै आएको छ ।
त्यस्तै उत्तर कोरियाले लगातार परमाणु परीक्षण गर्दै आएपछि कोरियाली द्वीपमा समेत तनाव बढ्दै गएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्