
काठमाडौं, असार १८ । राष्ट्रियसभाको सोमबारको बैठकबाट दुई विधेयक सर्वसम्मतिले पारित भएको छ ।
बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ पारित गरेको हो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते बुधबार ११ बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्