आयोजनाको स्थलगत निरीक्षणका लागि बुधबार मेलम्ची पुगेका प्रधानमन्त्री देउवाले पैसाको कुनै चिन्ता नलिइ तीव्ररुपमा काम अगाडि बढाउन निर्देशन दिए ।
‘१७ वर्षदेखि काठमाडौंमा पानी ल्याउँछु, ल्याउँछु भनेर हल्ला गरेजस्तोमात्रै भइरहेको’ भन्दै उनले ‘साधन, स्रोत, पैसा कुनैपनि कुराको चिन्ता नलिएर काम गर्नू’–भने ।
हेलिकोप्टरमा मेलम्ची पुगेका प्रधानमन्त्री देउवाले आयोजनास्थलको इन्टेक ड्याम र टनेलकोसमेत अवलोकन गरेका थिए ।
टोलीमा सन्चरमन्त्री मोहनबहादुर बस्नेत, खानेपानीमन्त्री महेन्द्र यादव, सांसद शेरबहादुर तामाङलगायत रहेका थिए ।
आगामी दसैंसम्म काठमाडौंमा मेलम्चीको पानी पुग्ने भनिएकोमा त्यो सम्भावना टरेको र पुससम्ममात्रै पानी पुग्नसक्ने आयोजनाले बताएको छ ।












प्रतिक्रिया दिनुहोस्