Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


भारतीय वाणिज्यदूतलाई कारबाही गरियोस्, चलखेल गरे : रावल (भिडियो)


0
Shares

व्यवस्थापिका–संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेता भीमबहादुर रावलले भारतीय वाणिज्य दूतावासले आगामी निर्वाचनमा कुनै पार्टी विशेषलाई जिताउनुपर्ने भन्दै विभिन्न गतिविधि गरिरहेको आरोप लगाए ।

उनले वीरगन्जस्थित भारतीय कन्सुलरलाई कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण पनि गराए ।

बैठकमा नेपाली कांग्रेसका सांसद तप्तबहादुर विष्टले सुर्खेतको भट्टेघारीमा आश्चर्यजनकरुपमा घरहरुमा आगोलागी हुने गरेको भन्दै हालसम्म स्थानीयका १५ ओटा घर जलेर नस्ट भएको बताए ।

ती घरहरुमा कसरी आगोलागी भयो भन्नेसमेत थाहा नभएको भन्दै विष्टले छानबिनका लागि आग्रह गरे ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिलनाथ गिरीले सरकारले सुशासन कायम गर्न नसकेको र भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको आरोप लगाए ।

राष्ट्रिय जनता पार्टी नेपालका बृजेशकुमार गुप्ताले ‘सातओटै प्रदेशमा एक/एक मेडिकल कलेज स्थापना गर्ने सरकारको नीति कहाँ पुग्यो ?’ भन्ने प्रश्न गर्दै बर्दिबासमा मेडिकल कलेज बनाउने प्रस्ताव अव्यावहारिक रहेको बताए ।

भिडियो हेर्नुहोस्