साविक विजेता गोर्खा स्पोर्टिङ क्लब दमकलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै सशस्त्र प्रहरीको टिम सेमिफाइनमा पुगेको हो ।
बुधबार सदरमुकामस्थित भानुजन माविको मैदानमा भएको खेल निर्धारित् ९० मिनेटमा दुवै तर्फबाट १–१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि नतिजा आउन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
बिहीबारको खेल चर्च ब्वाइज क्लब काठमाडौं र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुनेछ ।
१० टिमको सहभागिता रहेको प्रतियोगिता आगामी ३० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।





प्रतिक्रिया दिनुहोस्