Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


प्रदेश नम्बर–२ को निर्वाचनका लागि एमालेका केन्द्रीय नेता परिचालन


0
Shares

एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालयको बैठकले प्रदेश नम्बर–२ का आठओटै जिल्लाको स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा भएका कामको समीक्षा गर्दै अहिलेसम्मको परिचालन उत्साहजनक भएको ठहर गरेको छ ।

पार्टीका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार ती जिल्लामा एमालेमा प्रवेशको माहोल सिर्जना भएको र भेला, बैठक, छलफल, अन्तरक्रियालगायत गतिविधि तीव्र ढंगले अगाडि बढिरहेको जनाइएको छ ।

आगामी असोज २ गते सो प्रदेशमा स्थानीय निर्वाचन हुँदैछ ।

बैठकले पार्टीका केन्द्रीय नेताहरु, सांसदहरु, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधि, मोर्चा संगठनका नेतालगायतलाई प्रदेश नम्बर–२ को निर्वाचनमा सहयोग गर्न ठोस जिम्मेवारीसहित खटाउने निर्णय गरेको छ ।

‘प्रदेश नम्बर–२ का सबै पार्टी कमिटी, जनसंगठन, पार्टी कार्यकर्ता र सदस्यहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न र पार्टीलाई बहुमतसहित पहिलो पार्टीकारुपमा स्थापित गर्न दृढताका साथ अघि बढ्न बैठकले निर्देशन गरेको छ’–विज्ञप्तिमा भनिएको छ । रासस